सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्ने
मकालु खबर
२०७९ असार २० गते
काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आउँदो साधारण सभामा प्रिमियम दरमा धितोपत्र(सेयर)को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव लाने भएको छ ।
कम्पनीले १५ सालमा लागि डाकेको १४औँ साधारणसभामा यस्तो प्रस्ताव लाने तयारी सञ्चालक समितिले गरेको छ ।
उक्त साधारण सभामा कम्पनीले जारी पूँजी वृद्धि गर्न यस्तो प्रस्ताव लगेर पारित गर्ने तयारी गरेको छ ।
प्रिमियममा आईपीओ जारी गर्न नियामक निकायले स्वीकृति दिनुपर्दछ ।
उक्त कम्पनीले सोनापुर, सोनाश्री, सोनाटेक, सोना, सोनाचाँदी, सोनाली लगगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
मकालु खबर
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित