भाइरल भएको अन्तरंग टिकटक बारे शाहले भने- प्रविधिको दुरुपयोग भयो

सुर्खेत । सामाजिक सञ्जालमा भाइरल टिकटक भिडिओको विषयमा एमाले नेता गुलाबजंग शाहले प्रष्टीकरण दिएका छन् । नेता शाहले सोमबार पत्रकार सम्मेलन गर्दै टिकटक भिडिओमा प्रविधिको दुरुपयोग गरिएको बताएका छन् ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहेका शाहले टिकटक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाएर आफूमाथि अन्याय भएको बताए ।

शाहले भने, ‘त्यो भिडियो हेर्दा मलाई इमोसनलेस भएर सुतेको देखाइएको छ । मेरो शरीर छैन, आँखा छैन, जुँगा पनि ठूलाठूला बनाइएको छ । मायाप्रीतिको गीत बजाउँदा मेरो थोरै मात्र पनि गतिविधि भएको भए, मेरो सहभागिता भएको भए, आरोप लगाउन सकिन्थ्यो । यदि त्यो यथार्थ भएको भए मैले पनि केही रियाक्ट गर्थेँ होला नि त ।’

यस्तै, नेता शाहले समाजमा नकारात्मक सन्देशहरू मात्रै पैदा रहेको र भिडिओमा कुनै सत्यता नभएको दाबी गरे । साथै आफू अन्यायमा परेकोले न्याय माग्न पत्रकार सम्मेलन गुर्न परेको बताए ।

आइतबार पार्टीको एक सल्यान जिल्ला नेतृसँगको टिकटक भिडिओ बाहिर आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *