सुर्खेतको पञ्चपुरीमा सुख्खा पहिरो जाँदा महिलाको आधा शरीर पुरियो

सुर्खेत । जिल्लाको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ। बाटोमा हिँडिरहेका समयमा मंगलबार सुख्खा पहिरोले उक्त महिलाको आधा शरीर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी पहिरोमा परेकी जानकारी दिए ।

डिएसपी कार्कीकाअनुसार घटनामा पुगेको प्रहरीटोलीले जैसीको कम्मरमुनिको भाग पुरिएको भनेर जिल्लामा खबर गरेको र पहिरो खसिरहेकाले उद्दार गर्न समस्या भएका कारण बाँकी जानकारी आउँन केहीँ समय लाग्ने भएको छ ।

यस्तै, सोही ठाउँकी ७२ वर्षीय रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको प्रहरीको भनाई रहेको छ । प्रहरीकाअनुसार उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए ।

हाल उद्दारका लागि अछामको तुर्माखाद प्रहरी, छाप्रे प्रहरी र बाबियाचौर ईप्रकासँगै स्थानीय बासिन्दाको सहयोगमा उनिहरुको उद्दार कार्यजारी रहेको भएता पनि उद्दार गर्न नसकेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *