कामना सेवा विकास बैंकको अनलाइन पाेर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक
मकालु खबर
२०७९ असार २३ गते
काठमाडौँ । कामना सेवा विकास बैंकले अनलाइन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ । बैंकले मङ्गलबार केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा बेवसाइटमा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
केएस डिजी वर्ल्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरोसेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन् ।
साथै बैंकले आगामी दिनमा समेत अन्य अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ ।
मकालु खबर
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित