गाडी बेचेर रोलर किन्ने मेयर साम्पाङको घोषणा
मकालु खबर
२०७९ असार २४ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नचढ्नका लागि किनिएको स्कार्पियो गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।
गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोका खाल्डा टाल्न रोलर मेशिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’
मकालु खबर
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित