साँफे-मार्तडी सडक अवरुद्ध, ठाउँ-ठाउँमा पहिरो
धनगढी । वर्षाका कारण साँफे(मार्तडी सडक अवरुद्ध भएको छ । बिहीबार राति परेको वर्षाका कारण सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको छ ।
सडक अवरुद्ध भएपछि यातायातका साधन चलेका छैनन् भने स्थानीयलाई समेत आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी सुर्यबहादुर थापाले बताए । पहिराले बडिमालिका नगरपालिकाको पानी नाउला, बल्दे, अम्कोट, तिपाडा, बुढीगंगा नगरपालिकाको बार्जुगाडलगायतका ठाउँमा पहिरो गएको छ ।
सकड खुलाउन प्रयास भईरहहेको छ । बार्जुगाडमा केही समयमा खुल्ने र अकोट बल्दे र तिपाडा र पानीलाउलामा डोजरले काम गरिरहेको डिएपी थापाले बताए ।
बल्देमा चार वर्षदेखि वर्षायाममा सडक अबरुद्ध हुँदै आएको छ । गएको वर्ष मात्र उक्त सडक ४ महिनासम्म अवरुद्ध भएको थियो । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्रका चारवटा स्थानीय तह र कर्णाली प्रदेशका हुम्ला र मुगु कालिकोट जिल्लाका केही स्थानीय तहको आगमनमा समस्या हुने भएको छ ।
गतवर्ष पनि वर्षातमा सडक अवरुद्ध हुँदा यी क्षेत्रमा दैनिक उपभोग्य सामान, औषधिलगायतको अभाव भएको थियो ।