बुढीगंगा अपडेट : तीन वडाको नतिजा आउँदा एमालेको ‘क्लिन स्वीप’
काठमाडौँ । बुढिगंगा नगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म तीन वडाको परिणाम सार्वजनिक भएको छ ।
जसमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । पछिल्लो नतिजाअनुसार वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार मीन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका हुन् ।
विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।
बुढिगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका थिए । मेयर-उपमेयरमा पनि एमालेले अग्रता बढाउँदै लगेको छ । २ हजार ९३७ मत गणना भइसक्दा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको हो ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १ हजार ७३२ र नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ३० मत पाएका छन् । मतान्तर ७०२ छ । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १ हजार ६८७ मत पाएकी छन् भने कांग्रेसकी रीता शाही ९शाह० ले १ हजार ६७ मत ल्याएकी छन् । उपमेयरमा ६२० को मतान्तर छ ।