बुढिगंगामा एमाले ११५२ मतले अगाडि (पछिल्लो नतिजा)
मकालु खबर
२०७९ असार २५ गते
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएका छ । यसअघि मेयरमा ९५७ मतले अगाडि रहेकोमा पछिल्लो नतिजाअनुसार ११५२ ले अग्रता बनाएको हो ।
मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् । उनले बानियाँले २४४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १३१६ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २२८७ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १३१६ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
अहिलेसम्म वडानम्बर १, ९, १० र २ को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने अहिले ३ र ८ को गणना भइरहेको छ । बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो ।
मकालु खबर
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित