वीरेन्द्रनगरबाट लागूऔषधसहित पाँचजना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो चार बजे समयमा प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागू औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आमा–छोरासहित पाँच जना लागू औषध कारोबारी रहेका छन् । प्रहरीकाअनुसार वीरेन्द्रनगर नगरपालिका–५ भेटनरी लाइन सुर्खेतबाट स्थानीय ४० वर्षीय सुमित्रा कामीको घरबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुमित्रा कामीका २३ वर्षीय छोरा रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका–८ का २१ वर्षीय जीवन मर्साङ्गी मगर, वीरेन्द्रनगर–७ का २६ वर्षीय ललित सिंजाली र वीरेन्द्रनगर–३ का २५ वर्षीय उत्तम शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत डिएसपी सुरज कार्कीले सुमित्रा कामी र रमेश सुनारको घरको एक कोठाबाट प्लास्टिकसहितको एक सय ग्राम ब्राउन सुगर र ७८ हजार एक सय ९० नगद बरामद गरेको जानकारी दिए ।

डिएसपी कार्कीले अन्य व्यक्तिको साथबाट प्लास्टिकसहितको आठ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र लागू औषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान बरामद गरिएको बताए ।

यस्तै, बरामद गरिएको लागू औषधको खरिद मूल्य दुई लाख पचास हजार हुनसक्ने र बिक्री वितरण मूल्य करिब दश लाख रहेको अनुमान गरिएको र उनीहरूलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय हुने प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *