बुढिगंगामा जित नजिक एमाले, कसको मत कति ? (पछिल्लो नतिजा)

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । अहिलेसम्म ७ हजार ४ सय १७ मत गणना गर्दा मेयरमा एमाले ७८० मगले अगाडि छ ।

मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै ३ हजार ८८१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले ३ हजार ७५३ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

अहिलेसम्म वडानम्बर १, ९, १०, २, ३, ८, ४ र ७ को मत गणना सकिएको छ । यीमध्ये वडा नम्बर ४, ७र ८ मा कांग्रेस विजयी भएको छ भने अन्य वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *