बुढीगंगा अपडेट : जित नजिक एमाले, गणना जारी दुवै वडामा अग्रता
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका १० वडामध्ये आठ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको हाे ।
एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । वडा नम्बर ५ को पछिल्लो मत परिणामअनुसार एमाले अगाडि छ । २ सय मत गन्दा मेयरमा एमालेले ११३ मत पाएको छ भने कांग्रेसले ८३ मत पायो । उपमेयरमा एमालेले ११६ मत पाउँदा कांग्रेसले ६६ मत पाएको छ ।
यस्तै वडा नम्बर ६ मा २ सय मत गन्दा मेयरमा एमालेले ११६ मत पाएको छ भने कांग्रेसले ८१ पाएको छ । उपमेयरमा एमालेले १२६ मत ल्याएको छ भने कांग्रेसले ७१ मत ल्याएको छ ।
मेयरमा एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै ३ हजार ८८१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले ३ हजार ७५३ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ उनलाई पछ्याइरहेकी छन् । *गणना जारी रहेका वडाको मत मेयर/उपमेयरले पाएको मतमा जोडिएको छैन ।