नबिल र एनबी बैंकको एकीकृत कारोबार सोमबार पनि नहुने
काठमाडौँ । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकको एकीकृत कारोबार सोमबार (२७ असार) मा पनि नहुने भएको छ । यसअघि सूचना प्रकाशित गरी दुबै बैंकले २७ असारबाट एकीकृत कारोबार गर्ने जनाएका थिए ।
दुबै बैकका ग्राहककोडाटा माइग्रेसको काम जारी रहेको र त्यसअघि सरकारको आर्थिक वर्षको समाप्तीको बेला परेकोले सरकारी राजस्व र भुक्तानी सुचारी गर्नुपर्ने भएकाले समायोजना कार्यमा ढिलो हुने बैंकले जनाएको छ ।
नबिल बैंकले एनबी बैंकलाई प्राप्ती(एक्वायर) गरेको हो । त्यसपछिको एकीकृत कारोबार भने हुन बाँकी छ ।
नबिल बैंक प्रति शेयर मूल्य शतप्रतिशत नै कायम रहने र एनबीको भने प्रतिकित्ता १०० अंकित दरका सेयको मूल्य ४३ रुपैयाँ कायम हुने गरी नबिलले एनबी बैंकलाई प्राप्ति गरेको हो ।
नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको प्रमुख कार्यकारी अघिकृतमा ज्ञानेन्द्र ढुंगाना रहने भएका छन् । यी बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ ।
यस्ताे छ सूचना