सबैले सोचेजस्तो मौद्रिक नीति आउँदैनः मुख्य सचिव बैरागी

काठमाडौँ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले अर्थतन्त्र सबैको माग सम्बोधन हुने खालको मौद्रिक नीति आउन नसक्ने बताएका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा बोल्दै बैरागीले यस्तो बताएका हुन् ।

हाल देशको अर्थतन्त्र असहज अवस्थामा रहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने उनले बताएका हुन् ।

हाल देशमा आर्थिक असहजता भए पनि आत्तिनु पर्ने अवस्था नहरको उनले बताए ।

‘हामी सचेत रहनु पर्नेछ। मौद्रिक नीतिमा तपाईं हामी सबैले चाहेको कुरा नअट्न सक्छ,’ बैरागीले भने, ‘अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्व हो । त्यसमा ध्यान दिने गरी मौद्रिक नीति आउँछ। अर्थतन्त्र स्थिर नभएको अवस्थामा धेरै माग गर्नु हुँदैन । अहिले थोरै खुम्चिँदा पनि सबैले सहनु पर्छ। सबैले आत्मबल बलियो बनाउनु पर्छ।’

नबिल र नेपाल बंगलादेश बैंकबीच भएको मर्जरको सफलताको शुभकामना समेत वैशागीले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *