संसद् बैठक आज पनि, यस्तो छ कार्यसूची
मकालु खबर
२०७९ असार ३० गते
काठमाडाैँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए ।
हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट शुरु हुने भएको छ ।
मकालु खबर
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित