मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकालु खबर
२०७९ असार ३० गते
काठमाडाैँ । पूर्व-पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहताको मृत्यु भएको हाे ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियाे । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित