श्रीलंकालाई सहयाेग गर्न विराटनगरमा रकम संकलन गरिँदै

विराटनगर । आर्थिक एवं सामाजिक रूपमा अराजकतातर्फ गइरहेको श्रीलङ्कालाई सहयोग गर्न भन्दै विराटनगरमा आर्थिक सङ्कलन सुरु भएको छ ।

विराटनगरका समाजसेवी एवं नेपाली कांग्रेसका नेता राजेश गुप्ताले अभियान सुरु गरेका हुन् ।कांग्रेस प्रदेश १ का कोषाध्यक्षसमेत रहेका गुप्ताले श्रीलङ्कालाई सहयोग गर्न नेपाल सरकारलाई समेत आग्रह गरेका छन् ।

पत्रकारहरूसँग बोल्दै उनले, ‘सङ्कटको बेला सहयोग गर्ने पहिचान नै नेपाली हो ।’

खाता खोलेर आफूले ५१ हजार जम्मा गरेर अभियान सुरु गरेको उनले बताए । उनले यो अभियान देशव्यापी रूपमा चलाउनेसमेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *