उदयपुरमा लागूऔषध सहित तीनजना पक्राउ

उदयपुर । उदयपुरमा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बेलका नगरपालिका–१ बाट लागूऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागुऔषधको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई र २७ वर्षीय प्रदीप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *