नेपाल-भारत सीमास्तम्भबाट दुई-दुई मिटरको क्षेत्रमा कुनै गतिविधि गर्न नपाइने

धनगढी । कञ्चनपुरसँग सीमा जोडिएको नेपाल भारतको सीमा पिलरबाट दुई दुई मिटर क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने सहमति भएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खेत जोत्नमा रोक लगाएपछि उत्पन्न विवाद समाधानका लागि बसेको दुई देशका सुरक्षा अधिकारी र जनप्रतिनिधिको बैठकले यस्तो सहमति गरेकाे हाे ।

उक्त विवादका विषयमा सोमबार अपराह्न दुवै देशका सुरक्षा अधिकारीसहित जनप्रतिनिधिहरूबिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको कञ्चनपुरस्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिए ।

उनका अनुसार हाललाई सीमा पिलरदेखि दुबैतर्फ दुई-दुई मिटरसम्म कुनै पनि गतिविधि नगर्ने सहमति भएको हो ।

नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको नेपाली भूमिमा स्थानीय इन्द्रबहादुर रोका मगरको नाममा रहेको जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको थियो ।

एसएसबीले खेत जोत्न नदिएपछि उनले प्रशासनसँग गुहार मागेका थिए ।

खेत जोत्न रोकेपछि नेपाल तर्फका स्थानीय नागरिकहरू र सुरक्षा अधिकारीको टोली विवाद स्थलमा पुगेको थियो । भारतीय पक्षको दादागिरी भन्दै स्थानीयहरूले विरोध समेत जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *