छिन्चुबाट अवैध काठ बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका छिन्चुबाट अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले सोमबार दिउँसो चार बजेको सयमा अवैध काठ बरामद गरेको हो ।

भेरीगंगा नगरपालिका–२ सिस्नेरी खोलामा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले काठ बरामद गरेको हो ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले भे २ त १०४२ नम्बरको ट्याक्टरसहित ५२ थान सालको काठ अनलोड गरी भाक्ने क्रममा अनलोड गरेको स्थानदेखि ५० मिटरको दुरीमा ५ थान सालको काठसहित उक्त ट्याक्टर नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको लागि प्रहरी टोली र सब डिभिजन वन कार्यालय छिन्चुबाट वन रेन्जरसहित वनको टोली उक्त स्थानमा पुगेको थियो ।

प्रहरीले बरामद भएको विभिन्न साइजको चिरान गरेको काठ ५७ थान ९३५।१५ क्यु फिट० र ट्याक्टर वन कार्यालयलाई बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *