अपिहिमालमा पुल खाेलाले बगाएपछि जाेखिम माेलेर खाेला तर्दै विद्यार्थी

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ठूलढुङ्गी पुल बाढीले बगाएको छ ।

रातभरको अविरल वर्षाका कारण पुल बगेपछि विद्यार्थीहरूले सास्ती पाएका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालय मरखोलाका विद्यार्थी आवतजावत गर्ने ठुलढुङ्गी पुल खाेलाले बगाएपछि विद्यार्थीहरू जाेखिम माेलेर विद्यालय जान बाध्य भएकाे अपि हिमाल गाउँपालिकाकाे शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जाेशीले बताए ।

खाेलाले पुल बगाएपछि जाेशी आफैँले विद्यार्थीहरूलाई खाेला तारिदिएका थिए । उनीसँगै अपिहिमाल गाउँपालिका वडा नं. ३ मरखोलाकी स्थानीय महिला कलावती रोकायाले जोखिम मोलेर विद्यार्थीहरूलाई खाेला तारिदिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *