सांसद नविना लामा भन्छिन् – ‘म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु’

काठमाडौं। नेकपा एमालेकी सांसद नविना लामाले आफू नेपाली भाषामा पहिल्यैदेखि कमजोर रहेको बताएकी छन् ।  बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले शल्यक्रिया शब्दलाई ‘सलानकिरा’ भनेपछि सामाजिक सञ्जालमा ट्रोल बनेपछि  यस्तो बताएकी हुन् ।

‘आज मैले जिरो समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरे । म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि  बोल्ने, लेख्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेछु  ।,’ उनले लेखेकी छन् ।

उनले बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरा स्वीकारेको पनि उल्लेख गरेकी छन् । सांसद लामाले आफ्नो भनाई तोडमोड गरेर प्रसारण गरेको भन्दै केही सञ्चार माध्यमप्रति आक्रोश समेत पोखेकी छन् । मुटुको शल्यक्रिया जस्तो संवेदनशील विषयमा माफियाकरण हुन नहुनेमा पनि उनको जोड छ । यस्तै सांसद लामाले आफ्नो भाषा र लवज जस्तो भए पनि निरन्तर खबरदारी कायम राख्ने  बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *