प्रचण्डकाे ‘नेकपा समाजवादी केन्द्र’काे प्रस्तावमाथि के भन्छन् दुई समाजवादी ?
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘नेकपा समाजवादी केन्द्र’ निर्माणकाे प्रस्ताव अगाडि सारेका छन् । उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगकाे भेटमा याे प्रस्ताव अगाडि सारेका हुन् । ललितपुर हात्तीवनकाे हाउजीङ्गमा भएकाे भेटमा बाबुरामलाई प्रचण्डकाे प्रस्ताव थियाे— ‘माधव नेपालजीसहित मिलेर नेकपा समाजवादी केन्द्र निर्माण गराैँ ।’
त्यसाे त प्रचण्डले भनेअनुसारकाे र साेचेअनुरूप सजिलै नेकपा समाजवादी केन्द्र बन्छ कि बन्दैन ? स्वाभाविक प्रश्नहरू आउँछन् ।
सूत्रकाअनुसार प्रचण्डकाे याे प्रस्तावमा बाबुराम माैन रहे । उनी नेकपा समाजवादी केन्द्र नभइ समाजवादी केन्द्र मात्रै बन्नुपर्ने पक्षमा छन् । २०७२ सालमा मार्स्कवाद-लेनिनवाद-माओवादी सिद्धान्त अपनाएकाे माओवादी केन्द्र मात्रै हाेइन, वामपन्थी नै त्यागेकाे घाेषणा गरेका उनी पुन: नेकपामा नरहने मनस्थितिमा छन् र उनले आफू पुन: नेकपामा नफर्किने दाेहाेर्याउँदै आएका छन् । बाबुरामकाे पछिल्लाे अर्थ्याइअनुसार कम्युनिष्ट/वामपन्थीहरू ‘पाखण्डी’ हुन् । गत असार २८ र १९ गते बसेकाे आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रेषित राजनीतिक दस्तावेजमा उनले कम्युनिष्टहरूलाई पाखण्डी भनेका छन् ।
त्यसकारण पनि उनी समाजवादी केन्द्र बनाउने तर, नामकाे अगाडि नेकपा राख्न नहुनेमा छन् । तर, प्रचण्ड भने कुनै पनि हालतमा नेकपा नछाेड्ने पक्षमा छन् ।
उता नेकपा (एमाले) फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल भने प्रचण्डकाे याे प्रस्तावमा सहमत छन् कमसेकम नामकाे सन्दर्भमा । उनी पनि नेकपा नछाड्नेमध्येका एक शीर्षस्थ नेता हुन् । २०७८ भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएकाे एकीकृत समाजवादी पनि नेकपा लाइनकै हाे । यसले आफ्नाे राजनीतिक बाटाे वैज्ञानिक समाजवाद भएकाे बताएकाे छ ।
जसै— पछिल्लाे राष्ट्रिय मुद्दाका सन्दर्भमा प्रचण्ड-माधव एउटै कित्तामा उभिँदै आएका छन् । यसबीचमा माओवादी केन्द्र-एकीकृत समाजवादीबीच मात्रै एकता हुने विषय पनि राजनीतिक वृत्तमा आएकाे थियाे । तर, अब यसकाे सट्टा तीन दलहरू; माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै बाबुरामकाे दल भनिएकाे समावेशी लाेकतान्त्रिक पार्टी (सलोपा) बीच नेकपा समाजवादी केन्द्र बनाउने काेसिस थालिएकाे छ ।
याे प्रयासले निरन्तरता पाउने सम्बन्धित दलका नेताहरू बताउँछन् । माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पाेखरेल भन्छन्— ‘नेकपा समाजवादी केन्द्र बन्छ र बन्नुपर्छ । याे आजकाे मुलुककाे अपरिहार्यता पनि हाे ।’
उनी माओवादी केन्द्रकाे आधिकारिक धारणा पनि लगभग यही भएकाे सुनाउँछन् ।
के भन्छन् दुई समाजवादी ?
जनता समाजवादीका महेन्द्रराय यादव समाजवादी केन्द्र बनाउने सम्भावना प्रशस्तै देख्छन् । त्यसमा नामअगाडि नेकपा राख्ने वा नराख्नेबारे छुट्टै बहस-वार्ता हुनुपर्ने उनकाे माग छ । ‘चुनाव नजिकिँदै गर्दाखेरी एउटा कार्यगत एकता गर्ने, माेर्चा निर्माण गर्ने भन्ने हाे । त्यसमा हामीले समाजवादी केन्द्र बनाउँ भनेका हाैँ,’ उनले भनेका छन्, ‘नेकपा समाजवादी केन्द्र कि समाजवादी केन्द्र भन्ने कुरामाचाहिँ थप छलफल गर्नुपर्ला/हुनुपर्ला । तर, यसबेला समाजवादी केन्द्र बनाउनेबारे भने शीर्षस्थ नेताहरूले लचकता अपनाउन जरुरी छ ।’
समाजवादी केन्द्र भने बन्नैपर्नेमा नेता यादवकाे जाेड छ, भन्छन्– ‘एक हिसाबले भन्ने हाे भने त हामी पार्टीविहीनजस्ताे पनि छाैँ । भलै हामीले उपेन्द्र यादवजीले गरेकाे कारबाहीचाहिँ त खारेज गरेका हाैँ । तर हाम्राे नेतृत्व बाबुरामजीले नै पार्टी सहमतिमै छाेड्ने भइसक्दा त हामी पार्टीविहीनजस्ताे देखियाैँ । अब सबैभन्दा याे समस्यालाई सुल्झाउने र कार्यगत एकताका लागि अगाडि जान्ने भन्ने हाम्राे बुझाइ छ ।’
आफूहरू सबैभन्दा पहिले पार्टी निर्माणकाे प्रक्रियामा लाग्ने उनकाे भनाइ छ ।
एकीकृत समाजवादीका नेता मुकुन्द न्याैपाने नेकपा समाजवादी केन्द्र बने राम्रै हुने बताउँछन् । मकालुखबरसँग उनले भनका छन्, ‘बने त राम्रै हाे । तर सबै एकताहरू राम्रा हुँदैनन् । यसबारे भने नेताहरू सतर्क हुनुपर्छ । नेकपा समाजवादी केन्द्र बन्दाखेरी के हुन्छ र के हुँदैन भन्नेबारेचाहिँ अगाडि नै प्रष्ट हुनु जरुरी छ । बन्दा त राम्रै हाे भन्ने लाग्छ ।’
तर, नेपाली राजनीतिमा जे गर्दा पनि ‘कुर्सी’कै लागि हुने दृष्टान्त सुनाउँछन् नेता न्याैपाने, भन्छन्— ‘मैले किन सबै एकताहरू राम्राे हुँदैनन् भनेँ भने मिलेपछि पनि नेताहरूकाे उद्देश्यक फेरिँदैनन्, उही अभिष्ट हुन्छ । त्यसाे हुँदा सबै एकताहरू राम्रा हुँदैनन् । अब समाजवादी केन्द्रकाे जहाँसम्म कुरा छ, एकताकाे प्रयाेजनबारे अगाडि प्रष्ट हुन जरुरी छ र त्यसकाे कार्यान्वयनमा दृढ सङ्कल्प हुन जरुरी छ । यदि यसाे भयाे भने समाजवादी केन्द्र बन्दा राम्रै हाेला, नभए अर्थै छैन ।’