हराएका श्रीमान् खोज्दै सुनिता

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँकी सुनिता नेपाली हराएका श्रीमान् खोज्न भौतारिँदै हिँडिरहेकी छन् । उनी आफन्तदेखि प्रहरी कार्यालयसम्म श्रीमानको खोजीका लागि पुगेकी छन् ।

मानसिक सन्तुलन ठीक नभएका उनका ३५ वर्षीय श्रीमान् नरी नेपाली असार १९ गते आफन्तको घर आएका बेला बेलडाँडी क्याम्पबाट हराएका हुन् । “श्रीमानको खोजीका लागि ठाउँठाउँमा फोटो देखाउँदै हिँडेकी छु”, उनले भनिन्, “बेलडाँडी आएका बेला हराए, खोजी गर्न आफन्त, प्रहरी सबैकहाँ फोटो छाडेर आएकी छु ।”

नेपाली दम्पतीका तीन छोरी र एक छोरा छन् । घरमा छोराछोरी छाडेर सुनिता श्रीमानको खोजीमा हिँडेकी हुन् । “कता पो गए, के पो भयो, केही पनि थाह छैन”, उनले भनिन्, “सबैसित खोजीका लागि सहयोग गरिदिन आग्रह गरिरहेकी छु ।”

श्रीमानको खोजीमा बिहीबार उनी महेन्द्रनगर गुगेकी छन् । भगतपुरस्थित आफन्तलाई साथ लिएर उनी बेपत्ता श्रीमान खोजीका लागि प्रहरी कार्यालय गुगेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *