‘साताका सात’ तस्बिर

फुर्सदको व्यापार
शनिबार बिदाको दिन कपनस्थित झण्डापार्कमा चिया बेच्दै एक बालक ।

हरियो-पहेँलो चुराको महिना
श्रावण महिनामा महिलाहरूले विशेष गरी हरियो र पहेँलो चुरा लगाउने गर्दछन् । यसैक्रममा काठमाडौँको इन्द्रचोकको चुरा पसलमा चुरा लगाउँदै महिला ।

सडकपेटीमा डमी
काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा सडकपेटीमा राखिएको डमी । अगाडी रहेको तयारी पोसाक पसलले ग्राहकको आकर्षण बढाउन यो डमी राखिएको हो ।

ममता
आफ्नो काखे बच्चालाई पिठ्युँमा बोकेर शिवजीको दर्शन गर्न लाइनमा बसेकी एक भक्तजन ।

झरीबाट बच्दै
नयाँ बानेश्वरमा प्रदर्शन भइरहँदा अकस्मात् पानी परेपछि ‘शिल्ड’ ओढेर झरी छल्दै सुरक्षाकर्मी ।

झण्डाको साहारा
६ वटा कम्युनिस्ट घटकको प्रदर्शनको क्रममा पानी परेपछि झण्डा ओढेर रुझ्नबाट जोगिन खोज्दै प्रदर्शनकारी ।

सुन्दर शान्त अमिताभ
साँझपख खिचिएको कपनस्थित अमिताभ गुम्बा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *