एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला

काठमाडौँ । झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठककाअनुसार कचनकवल गाउँपालिका-५, पाठामारीका तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरु सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले बताए । मृत फेला पर्नेमा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् । मृतकलाई बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘सामूहिक आत्महत्या’ आशंकामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *