मन्त्रालयले कर्मचारी कटौती गरेपछि कोसी अस्पतालको एचडियु सेवा बन्द

विराटनगर । प्रदेश १ कै सबैभन्दा ठुलो अस्पताल कोसी अस्पतालमा करारको विषयले लिएर कोसी अस्पतालको एचडियु सेवा अवरुद्ध भएको छ। अस्पतालमा कार्यरत ३१ जना स्वास्थ्यकर्मीको म्याद थप नभएपछि एचडियु सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

१९ जना मेडिकल अधिकृत र १२ जना स्टाफ नर्सहरूको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करारको म्याद थप नगर्ने निर्णय गरेसँगै कोसी अस्पतालको एचडियु वार्ड बन्द भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ३१ गतेको सचिव स्तरीय निर्णयबाट कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरूमा सञ्चालनमा आएको ६ सय ४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको लागि चालु आर्थिक वर्षको १ साउनबाट पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्णय कार्यान्वयन गरेर लग्दा कोसी अस्पतालमा कार्यरत ३१ जना स्वास्थ्यकर्मीको म्याद थप नभएको कोसी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले हो ।

त्यस्तै, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्वीपर, ४ जना कार्यालय सहयोगी र १ जना इलेक्ट्रिसियन को पनि म्यान थप भएको छैन । मेडिकल अधिकृत र स्टाफ नर्सको म्याद थप नहुँदा १२ शय्याको एचडियु वार्ड बन्द हुन पुगेको अस्पताल प्रशासनले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका बिरामीलाई एडचियु वार्डमा राखेर उपचा हुँदै आएको भएपनि अहिले एचडियु वार्ड बन्द भएकोले आइसियुमै राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको छ ।

कोसी अस्पतालका मेसु डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मी र कर्मचारीहरूको करार म्याद थप नभएपछि जनशक्तिको अभाव भएको बताए । यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरिसकिएकोले यो समस्याको समाधान मन्त्रालयबाट नै हुनु पर्ने उनले बताए ।

अबको एक डेढ हप्तामा नै समस्याको समाधान भएर जाने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *