भुवन केसीले गरे पदभार ग्रहण, सरकारले दिएकाे जिम्मेवार कानुनअनुसार पूरा गर्ने भनाइ
मकालु खबर
२०७९ साउन ११ गते
काठमाडौँ । चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनीत भएका भुवन केसी पदवहाली गरेका छन् ।
बुधवार चाबहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रूपमा पदभार ग्रहण गरेका हुन् ।
पदभारपछि केसीले सबैसँग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताए । बोर्डको सेवालाई नियम कानुनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए । उनले सरकारले आफूलाई दिएको जिम्मेवारीलाई प्रतिबद्ध भएर अघि बढाउने जिकिर गरे ।
यसअघिका अध्यक्षले सुरु गरेको कार्य योजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाई छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनीत गरेको थियो ।
मकालु खबर
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित