धनगढी उपमहानगरका एक वडाध्यक्ष पक्राउ
मकालु खबर
२०७९ साउन ११ गते
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष पक्राउ परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडाबाट वडाध्यक्ष शेरबहादुर महरालाई चेक अनादर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चेक अनादर मुद्दामा अदालतले वडाध्यक्ष महरालाई उपस्थित गराउन निर्देशन जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार वडाध्यक्ष महाराविरुद्ध कृष्णकुमार राना वादीले मुद्दा दायर गरेका थिए ।
मकालु खबर
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित