नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शदातामा टर्किस कम्पनी छनोट
काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापनाका लागि आवश्यक परामर्श दिन टर्कीको टर्कस्याट कम्पनी छनोट भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आह्वान गरेको आन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी भएको टर्कस्याट छनोटमा परेको हो ।
उक्त परामर्शदाता कम्पनीले ८ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौतासमेत गरिएको प्राधिकरणले जनाएको छ ।
कम्पनीसँग १ करोड ४० लाख अमेरिकी डलरमा स्याटेलाइट राख्न परामर्शका लागि सम्झौता भएको छ । कम्पनीसँग १ करोड ४० लाख अमेरिकी डलरमा काम गर्नेगरी सम्झौता भएको हो।
परामर्शदाता छनोटका लागि कात्तिकमा सरकारले ८ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेका थिए ।
प्रस्ताव पेश गर्ने कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकम रहेका थिए ।
भू उपग्रह स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने, प्राविधिक कार्यका लागि सहयोग गर्ने कम्पनीले काम गर्ने छ । नेपाललाई उपलब्ध हुने अर्बीटको अवस्था, स्याटेलाइट स्थापनापछि हुने व्यवसायिक लाभलगायतबारे अध्ययन गर्नुपर्ने छ ।
सरकारले २०७९ भित्र नेपालको आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भू–उपग्रहसम्बन्धी नीति ल्याएको थियो ।