वडाध्यक्षमाथि खुकुरी प्रहार गरी फरार रहेका दुई जना पक्राउ
मकालु खबर
२०७९ साउन ११ गते
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष डम्मबहादुर महतरालाई खुकुरी प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार स्थानीय टेकेन्द्र नेपाली र अविनाश बिकले आफ्नै घरमा बसिरहेको अवस्थामा महतरामाथी खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । उनीहरूलाई मंगलबार साँझ जिल्लाको कुसे गाउँपालिका-५, बाटुबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग कसुरमा ६ दिन हिरासतमा राख्न म्याद थपको अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए ।
खुकुरी प्रहारबाट वडा अध्यक्ष महताराको टाउकोमा ७ वटा टाँका लागेको छ । उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको ।
मकालु खबर
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित