जङ्गली च्याउ खाँदा ११ जना बिरामी
मकालु खबर
२०७९ साउन ११ गते
रसुवा । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् । जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।
उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गरिरहेको थिए भन्नेबारे एकिन थाहा नभएको डा फोजुले बताए ।
तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् । रासस
मकालु खबर
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित