यति एयरलाइन्सको जहाजमा खराबी, ओरालियो यात्रु

काठमाडौँ । विराटनगरबाट काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएको छ । बिहान साढे ७ बजे ६० जना यात्रु बोकेर काठमाडौँका लागि उड्न लागेको जहाजमा खराबी आएको हो ।

बिहीबार साँझ काठमाडौँबाट गएको ‘नाइट स्टप’ गरिएको वाईटी ७८६ उडान नम्बर र ९N-AMN कल साइनको जहाजको इन्डिकेटरमा खराबी देखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए । उनकाअनुसार उड्ने तयारीमा रहेका सबै यात्रु जहाजमा चढिसकेका थिए ।

पछि खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ । यति एयरलाइन्सले हाल जहाजमा देखिएको समस्या पहिचान र निदानका काठमाडौँबाट प्राविधिक झिकाइसकिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *