महिला युरोकप

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

काठमाडौँ । इंग्ल्यान्डले महिला युरो च्याम्पियनसिपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै महिला युरोको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो । इंग्ल्यान्डका लागि खेलको ११०औँ मिनेटमा चलोए केलीले निर्णायक गोल गर्दै उपाधि जिताएकी थिइन् ।

यसअघि खेलको ६२औँ मिनेटमा इंग्ल्यान्डका लागि इला टोनेले शुरुवाती गोल गरेकी थिइन् भने खेलको ७९औं मिनेटमा जर्मनीकी लिना मगुलीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

योसँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोको उपाधि जितेको छ । यसअघि दुई पटक फाइनलमा पुगेको इङल्याण्ड नवौं पटक युरो खेल्दा उपाधि जितेको छ । ८ पटक महिला युरोको उपाधि जितेको जर्मनीले यस पटक भने उपविजेतामा चित्त बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *