‘सरकारको नजरमा धनकुटा उपेक्षित, सम्पर्क कार्यालयमा मुख्यमन्त्री टेक्न पनि गएनन्’

विराटनगर । प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशनको तेइसौँ बैठकमा नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य लीला सुब्बाले धनकुटालाई सरकारले उपेक्षा गरेको बताइन् ।

सरकारले त्यो बेलाको क्षेत्रीय क्षेत्रीय सदरमुकाम धनकुटालाई तीव्र लखेट्ने काम भएको बताइन् । शिक्षा, स्वास्थ्य र प्रशासकीय केन्द्रको रूपमा रहेको धनकुटामा अहिले खेद्दा खेद्दा उपेक्षित अवस्थामा पुगेको बताइन् । प्रदेश १ को राजधानी नबनाइएकोमा चित्त दुखाई गरेकी सांसद सुब्बाले धनकुटा राजधानी बनाउन नसकिए पनि पहिलाको अवस्थामा कुनै असर नगर्ने गरी विकास गरिने र संरचनाको निर्माण गर्ने कामले पनि पूर्णता पाउन नसकिएको बताइन् ।

अहिले धनकुटामा अधिकारविहीन स्वास्थ्य र शिक्षा निर्देशनालय तथा मुख्यमन्त्रीले सम्पर्क कार्यालय रहेको भएपनि सम्पर्क कार्यालयमा तत्कालीन मुख्यमन्त्रीले अहिलेसम्म मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा नटेकेकोले सम्पर्क कार्यालयले सरकारलाई गिज्याइरहेको सुनाइन् । ‘मन्त्री परिषद्को बैठक एक पटक पनि सम्पर्क कार्यालयमा बस्न सकेको छैन’, उनले भनिन्, ‘सरकारको तर्फबाट धनकुटालाई गरिएको व्यवहारलाई धनकुटावासीले गरेको आन्दोलनको अवमूल्यनको रूपमा हामीले लिएका छौँ ।’

शिक्षण अस्पताल बनाउन आश्वासन दिएको, जिल्ला अस्पताल १०० बेड बनाएको भनेर हतारमा उद्घाटन गरेको, जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक एकजना पनि नपठाएको भन्दै पहाडलाई हेप्ने नीति सरकारले बनाएको हो रु भन्दै प्रश्न गरिन् । अब फेरी आन्दोलन गर्नुपर्ने अवस्था सरकारले सिर्जना गर्न खोजेको भन्दै सचेत गराइन् ।

मेडिकल कलेज स्थापना, अस्पतालमा चिकित्सकीय विशेषज्ञ सेवा, निजामती विद्यालयको लागि पर्याप्त रकमको व्यवस्था, प्रदेशको शिक्षा र स्वास्थ्य निर्देशनालयलाई अधिकार सम्पन्न बनाएर काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

‘डिआइजीको सम्पर्क कार्यालयलाई तालिम केन्द्रको रूपमा विकास गरियोस्’, उनले भनिन्, ‘पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा पर्याप्त बजेट छुट्ट्याइएको छैन, तराईको अन्न भण्डार नमास्न पहाडमा सेवा सुविधाको वृद्धि गर्न सरकारको ध्यान दिनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *