मनकामना केबलकार २३ साउनदेखि करिब ६ हप्ता बन्द हुने

एनालग प्रणालीलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने

काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्न साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्न काम अघि बढाउन लागिएको कम्पनीले जनाएकाे छ ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।

कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकले गर्ने छन् ।

स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ । ये अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *