बेलका नगरपालिकाका ४ वडामा सप्तकाेसीकाे कटान, उद्दार टाेली खटियाे
मकालु खबर
२०७९ साउन १८ गते
काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।
पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धार गरिएको छ । बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसीको अस्थायी बाँध फुटेको थियो ।
सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
सप्तकोसीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । उनीहरूलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।
मकालु खबर
२०७९ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित