बैंकहरूले ब्याजदर नबढाउने
मकालु खबर
२०७९ साउन २० गते
काठमाडौँ । बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै व्याजदर खुकुलो बनाउने नीति लिएको भए पनि बैंकहरुले भने तत्कालका लागि ब्याजदर नबढाउने निर्णय लिएका हुन् ।
शुक्रबार बसेको बैंकर्स संघको बैठकले यसअघिको ११.३ प्रतिशत ब्याज नै कायम राख्ने निर्णय गरेका हुन् । फागुनदेखि नै बैंकहरुले यो ब्याजदर कायम गरेका हुन् । तर, बैंकहरुले संस्थागततर्फको व्याजदरभने १०.०३ प्रतिशत लिँदै आएकोमा त्यसलाई घटाएर ९.०३ प्रतिशत बनाउने निर्णय गरेका छन् ।
राष्ट्र बैंकले स्थायी तरलता दर पनि ८.५ प्रतिशत र रिपो दर ७ प्रतिशत पु¥याएको छ । पहिला ३ प्रतिशत रहेको अनिवार्य तरलता अनुपातअब ४ प्रतिशत पुर्याएको छ ।
मकालु खबर
२०७९ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित