नेशनल लाइफ इन्स्योरेन्सको बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौँ । ‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ ।

आव. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आफूहरु माथि रहेको बताए ।

कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन श्री रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आव. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखाकार्यालय लगाएत बार्षिक लक्ष्य पूरा गर्ने शाखाकार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *