चितवनमा रिलायन्स लाइफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा ‘वार्षिक राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ । यस्तो खालको सम्मेलन कम्पनीले वार्षिक रुपमा गर्दै आएको छ ।

देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित सिनियर मेनेजमेन्ट टिम सहभागी सम्मेलनमा कम्पनीको आगामी १ बर्षभित्र गर्नुपर्ने काम, कम्पनीको व्यापारिक धारणा, विभन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र आगामी दिनमा बीमाको दायरालाई फराकिलो कसरी बनाउने भन्नेबारे गम्भीर छलफल तथा अन्तरक्रिया भएको बताइएको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले यस्तो खालको कार्यक्रमले कम्पनीको व्यवसायिक रणनीति तयार गर्न एक कोशेढुङ्गा हुने बताए । यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए ।

दुई दिनसम्म संचालन भएको सो सम्मेलनका क्रममा मा बर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *