करेन्ट लागेर घाइते भएका विद्युत् कर्मचारीको मृत्यु
मकालु खबर
२०७९ साउन २७ गते
काठमाडौँ । बाजुरा बाजुराको बुढीगंगा नगरपालिकामा करेन्ट लागेर घाइते भएका भक्त रावलको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-८ का रावल विद्युत् प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत थिए ।
बिहीबार लाइन चेक गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
मकालु खबर
२०७९ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित