प्रभु क्यापिटलको हितग्राही ग्राहकका लागि विशेष अफर
काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच यससम्बन्धी समझौता भएको छ ।
यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा विल पेइमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ (PRABHUCAP10) उल्लेख गर्नुपर्नेछ ।
यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत रोडहाउस पिज्जा बत्तीसपुतली, काठमाडौँबाटसमेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल भुक्तानी गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।
हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।