बलात्कार आरोपित क्याम्पस प्रमुख पुर्पक्षका लागि थुनामा
मकालु खबर
२०७९ भदौ २ गते
काठमाडाैँ । बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रसिंह नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हाे ।
नेगीमाथि कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि बलात्कार गरेकाे आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप उनीमाथि छ ।
जबरजस्तीकरणी आरोप लागेपछि नेगी साउन पहिलो साता आँफै प्रहरी कार्यालयमा पुगेको थिए । उनले गत असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए ।
मकालु खबर
२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित