लामिछाने मुत्यु प्रकरण : छानबिन समिति गठन
मकालु खबर
२०७९ भदौ ३ गते
सुर्खेत । सब डिभिजन कार्यालयको हिरासतमा रहस्यमय मृत्यु भएका धनिराम लामिछाने घटनाको छानबिन गर्न समिति गठन भएको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिलाई ७ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले जानकारी दिए । बिहीबार वीरेन्द्रनगर–१३ भूतचोक ५८ वर्षीय धनिराम लामिछानेले सालको रुख काटेको आरोपमा पक्राउ परेका थिए ।
तर, हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित बनेका आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् ।
मकालु खबर
२०७९ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित