लामिछाने मृत्यु प्रकरण : वन अधिकृतसहित चार जनाविरुद्ध किटानी जाहेरी

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले वन कार्यालयका सहायक वन अधिकृतसहित चार जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

आफन्तले शुक्रवार सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पीयूषराज तिवारी र सुरेन्द्र रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएका हुन् ।

वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय मृतक लामिछाने वन सम्बन्धी मुद्दामा बिहीबार पक्राउ परेका थिए । वन कार्यालयका कर्मचारीहरूले मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने नम्बर गरिएका सालको काठ काटेको आरोपमा पक्राउ गरेका थिए ।

पहिला लामिछाने श्रीमतीलाई पक्राउ गरेका थिए भने पछि लामिछानेलाई पक्राउ गरी वन कार्यालयले वन कार्यालयमा लगेपछि कुटपिट गरी मारेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *