वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौँ संस्करणका अन्तिम ६ प्रतिस्पर्धीका नाम घोषणा
काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर किशोरीबाट कुल ६४८ आवेदन प्राप्त भएको र शुक्रबार अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोरकिशोरीमा निहित प्रतिभा र उत्साहलाई प्रस्फुटन गराई उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो ।
यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।
यी हुन् वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी
- आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
- विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
- दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
- निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
- राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
- सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति रहने छन् ।
यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धीहरूलाई भोट गर्न, मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३३००१ मा एसएमएस गर्न सकिने छ ।
फाइनलिस्टका भोटिङ कोड यस्ता छन्
- आशिष शाह – GTH<space>AS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
- विमर्ष पौडेल– GTH<space>BP टाइप गरी ३३००१ मा एसएमएस पठाउने
- दर्शना रिजाल – GTH<space>DR टाइप गरी ३३००१ मा एसएमएस पठाउने
- निश्चल सिंह विष्ट– GTH<space>NB टाइप गरी ३३००१ मा एसएमएस पठाउने
- राहुल रञ्जन शाह– GTH<space>RS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
- सृजना गौतम– GTH<space> SG टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सेप्टेम्बर १, २०२२ मा वाई वाई ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
देशभरिका प्रतिभावान किशोर किशोरीलाई एकै साथ ल्याउन विभिन्न संघसंस्था जोडिएका छन् । ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मन दूतावास काठमाडौँस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पञ्चकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौँ वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमाद्सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किश एयरलाइन्स, विस्तारा र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर् चोइस रहेका छन् ।