सामाजिक अभियान्ता यशोदा भट्ट चोखालद्वारा स्वर्गीय श्रीमानको स्मृतिमा आश्रमका बालबालिकालाई फलफूल वितरण
काठमाडौँ । सुदूरपश्चिम महिला तथा अनाथ बालबालिका संरक्षण केन्द्र नेपालकी अध्यक्ष यशोदा भट्ट (चोखाल)ले स्वर्गीय श्रीमानको सम्झनामा आश्रमका अनाथ बालबालिकालाई फलफूल खुवाएकी छन् । शुक्रबार स्वर्गीय श्रीमानका ८औँ स्मृति दिवस भट्टले नयाँ जीवन मिशन नेपाल आश्रममा बस्दै आएका १६ जना अनाथ बालबालिकाहरूलाई फलफूल खुवाएर मनाएकी हुन् ।
सो अवसरमा उनले स्याउ, केरा र जेरी आफैले त्यहाँ रहेका अनाथ बालबालिकालाई खुवाएकी थिइन् । आश्रम मनोज आचार्य (एलएन) र प्रतीक्षा प्रधानले सञ्चालनमा ल्याएका छन् । फलफूल खुवाएपछि भट्टले भनेकी छन्- ‘सेवा गर्नु छ भने यस्तो ठाउँमा गर्नुस्, जहाँ यस्तो निस्वार्थ सेवा आफ्नै निवासमा दिइराख्नु भएको छ । भगवान् रूपी मिशन आश्रमका संस्थापक अध्यक्ष आदरणीय सर मनोज आचार्य (एलएन) म्याम प्रतीक्षा प्रधान उहाँहरूको सुन्दर जोडी महान् मनकारी मनलाई उच्च सम्मान ।’
उनले आफ्ना सहयात्री सीता ऐर र सृजना कुँवरलाई धन्यवाद दिएकी छन् । ‘मेरा हरेक कार्यका सहयात्री आदरणीय दिदी सीता ऐर, सुदूरपश्चिम महिला तथा अनाथ बालबालिका संरक्षण केन्द्र नेपालकी सचिव बहिनी सृजना कुँवरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनेकी छन् । सामाजिक अभियान्ताको परिचय बनाएकी भट्ट लामो समयदेखि सामाजिक कार्य गर्दै आएकी छन् ।