प्रदीप गिरिको शरीरका धेरै अंगहरूले काम गर्न छाडे : परिवार
मकालु खबर
२०७९ भदौ ४ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरिको शरीरका धेरै अंगहरूले काम गर्न छाडेका छन्।
शनिबार भारती सिलवाल गिरिले जारी गरेको एक प्रेस नोटमा गिरिलाई निमोनियाले एकदमै चापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताइएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई क्यान्सर देखिएपछि भारत लगेर उपचार गरिएको थियो। पछि उनमा निमोनिया र क्यान्सरका असरहरू देखिन थालेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।
‘अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय समयमा स्वास्थ्य चेकअप गरिरहनुभएको छ र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको छ,’ भारतीले जारी गरेको प्रेस नोटमा भनिएको छ।
मकालु खबर
२०७९ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित