कास्कीकोटमा दहीको होली

पोखरा । कास्कीकोट दरबारमा दहीको होली खेलिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट स्थानीयले परम्परागत रुपमा दहीको होली खेलेका हुन् । हरेक वर्ष कास्कीकोटमा दही जात्रा मनाउने चलन छ ।

गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिको आयोजनामा होली खेलिएको हो । जात्रा संरक्षण तथा प्रर्वदनको लागि वडा कार्यालयले नै बजेट छुट्याएको थियो । नेपालका अन्य ठाउँमा दहीको होली खेल्ने परम्परा छैन ।

कोरोना संक्रमणका कारण २ वर्ष होली नमनाएको कास्कीकोटमा यो वर्षदेखि पुनः सुरु गरिएको क्षेत्र विकास समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । पर्वमा झाँकी र बाजागाजा सहित जात्रा निकालिएको थियो ।

दहि जात्रामा भजन चुटका तथा विभिन्न झाँकी वाजागाजा सहित जात्रा गरीएको थियो । शनिबार श्रीकृष्ण रथ यात्रा तथा विभिन्न सांस्कृतिक झाँकी निकाल्दै दहीको होली खेलीएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *