गिरीको निधनमा लहानद्वारा शोक बिदा
मकालु खबर
२०७९ भदौ ५ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीकाअनुसार नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको हो ।
लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ ।
समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
मकालु खबर
२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित