सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ

२०७९ भदौ ५ गते

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । १९ भदौदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए ।
श्रेष्ठको आगामी नेतृत्वले बैंकलाई प्रगतिको थप उचाईमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।
यसअघि श्रेष्ठको कार्यकालमा बैंकले आम जनताको विश्वास बटुलेर देशभर ११२ शाखा कार्यालयहरु, ३१ एटीएममार्फत सेवा दिन सक्षम भएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्नसमेत सफल भएको बैंकले जनाएको छ ।

२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित